अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

२४ चैत- सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाईट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत घर भएका ३० वर्षीय विजय साह, धरान उपमहानगरपालिका-९ बस्ने २७ वर्षीय निरन्जन यादव, सोही उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय विशेष राई र सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय निश्चल राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ सुनुवार संघको भवन छेउबाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ६० ट्याब्लेट र स्पास्सपेन ४ सय ६९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय २२ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ५६ वर्षीय राजु क्षेत्री र सोही उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय सकुल अधिकारी रहेका छन् । अस्थायी प्रहरी बिट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१९ ललिपुरघाटबाट नियन्त्रित लागूऔषध स्पास्मो ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल चौधरी, १८ वर्षीय किशोर र १९ वर्षीय एन्जन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सिराहा, सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चौया नगरपालिका-८ बस्ने १९ वर्षीय सुशान्त पंजियार र सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिजय महतो रहेका छन् । प्रहरी चौकी खिरौना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिराहातर्फ आउँदै गरेको म प्र.०१-००५ प २०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २३ ग्राम ९५ मिलिग्राम सहित काठमाडौं महानगरपालिका-११ बस्ने २१ वर्षीय सुनिल बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.४ ख ४७१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सिराहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३३ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-९ बस्ने २१ वर्षीय पवन साह, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय लालबाबु राय र २३ वर्षीय अंकेश महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट र स्पाष्मिड १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुजन शिवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध  पथरी शनिश्चरे नगरपालिका-२ बस्ने २९ वर्षीय सुमन गुरूङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात सुमनलाई सोही ठाउँबाट ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९ सय ८० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर मोक्तानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको ना.१ ह ८९६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक मोक्तानलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्