२४ चैत- काठमाडौं, ३५ वटा एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० लगायतले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
मेयर बालेनको प्रत्यक्ष निर्देशनमा भएको भनिएको एम्बुलेन्स खरिदमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो । उजुरीमा बालेनसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न कर्मचारीहरुमाथि कारबाही माग गरिएको छ।
सो योजनाअनुसार ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेशन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिन्छ।’सी–०४०५६९ दर्ता नम्बर भएको उक्त उजुरीपत्रमा भनिएको छ, ‘बालेन शाहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका पालिकालाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम ल्याइयो ।
साहले एम्बुलेन्स आपूर्ति गर्ने बोलपत्रदाता गाडी कम्पनीसँग २१ मोडलको स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेको र उनले त्यसैअनुसार खरिद प्रक्रिया अघि बढाएको आरोप पत्रमा उल्लेख गरिएको छ ।
बोलपत्र दस्तावेज ९बिड डकुमेन्ट० अनुसार सामान आएपछि मात्र भुक्तानी हुने प्रावधान हुँदाहुँदै पनि गाडी कम्पनीले सुरुमै भुक्तानी दिने सर्त राखेको र त्यसलाई महानगरले स्वीकार गरेर खरिद ऐन, २०६३ को दफा ५२९क० विपरीत कार्य भएको उजुरीमा उल्लेख छ।
ललितपुर महानगरबाट काठमाडौं सरुवा भएका रामरतन शाहलाई खरिद इकाइ प्रमुख बनाउन ठेकेदारहरूले तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारलाई घुस दिएको उजुरीमा आरोप लगाइएको छ ।
रामरतन शाहले गाडी घुसस्वरूप लिने शर्तमा मूल्याङ्कन प्रक्रिया फेरि दोहोर्याएर एक करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएको आरोप छ।
उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८९क० र ९ बमोजिम कानुनी कारबाहीको माग गरेका छन् । साथै, मूल्यांकन समितिमा बसेकालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ ।
आर्थिक वर्ष २०८०र८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको मा अहिते उक्त विषयमा उजुरु परेको छ ।
प्रतिक्रिया दिनुहोस्