२४ चैत- काठमाडौं, आइतबार शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् । केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज माइतीघरमा सिटी जुलुस निकालेका हुन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा उपस्थित भएका शिक्षकहरूले सरकारले चैत २५ गतेसम्म आफ्ना माग पूरा नगरे शैक्षिक हडताल गर्ने चेतावनी दिएका छन् । उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराए ।हरेक दिन नौलो शैली अपनाउँदै आएका शिक्षकहरुले आइतबार सिठ्ठी फुकेर सरकारलाई जगाउने प्रयास गरेका हुन् ।
गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेका शिक्षकहरुले आइतबार सिठ्ठी फुकेका हुन ।
चैत २१ गते नै सरकारले शिक्षकलाई वार्तामा बोलाए पनि सोचेअनुसारको सफलता हात नलागेपछि शिक्षकले आन्दोलनलाई जारी राखेका हुन् । आइतबारको आन्दोलनमा बालबालिकासमेत सहभागी गराइएको छ ।
संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने उनीहरुको भनाई न् ।उक्त सडक आन्दोलनका कारण माइतीघरदेखि नयाँ बानेश्वरसम्मको जुलुसले वरिपरिको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै आएका छ
प्रतिक्रिया दिनुहोस्