सुनको मूल्य एकैदिन प्रतितोला १९ सयले घटेको छ

२४ चैत- काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँ घटेको छ । आज आइतबार सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार सुन एक लाख एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

गत साताको शुक्रवार भन्दा आज चाँदी प्रतितोला ७० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्