६ चैत- काठमाडौं, नेपालस्थित अमेरिकी दुतावासले बुधबार एक सुचना जारी गर्दै नियम उलङ्घन गरेमा अमेरिकाले भिसा रद्ध गरेर निष्कासन गर्ने स्पष्ट चेतावनी दिएको ।
अमेरिकी भिसा पाए पनि भिसा जाँचको क्रममा नियम उलङ्घन गरेको पाइएमा भिसा रद्द गरी देशबाट निष्कासन कुरा नेपालस्थित अमेरिकी दुतावासले बताएको छ
दुताबासले भनेको छः अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।
प्रतिक्रिया दिनुहोस्