२१ वर्षीया महिलालाई करणी गरेको आरोपमा युवक पक्राउ

६ चैत- कैलाली, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा धनगढीबाट एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टले सोहि ठाउँ बस्ने २१ वर्षीया महिलालाइ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बिष्टमाथी जिल्ला प्रहरी कर्यालय कैलालीमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी थप प्रकृया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्