करिब ५ लाख बढीका धनमाल चोरी

६ चैत- काठमाडौं, काठमाडौं महानगरपालिका ३२ कोटेश्वर डेरा गरी बस्ने दोलखा घर भएकी २३ वर्षीया सुनिता खड्काको कोठाबाट ३ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी भएको छ

साथै मंगलबार दिउँसो नगद २० हजार रुपैयाँ गरी करिब ५ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्