माओवादी सरकारमा जान्छ भनेर गलत प्रचार गरियो: प्रचण्ड

४ चैत- काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् । उनले सरकारमा जाने कुनै नीति नलिएको प्रष्ट पारे ।

सोमबार काठमाडौंमा आयोजित राजेन्द्र श्रेष्ठको पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकार भ्रष्टाचारलाई जोगाउने पक्षमा र आफूहरु नियन्त्रण गर्ने पक्षमा रहेकाले बिमति भएको भन्दै सरकरसँग कुनै मिलन विन्दु नरहेको बताए ।

उनले भने,‘आजभोलि चर्चा आइरहेको छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भनेर चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौं, लिँदैनौं पनि । देशमा संकट आयो विचार गर्छौं । तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन् ।

प्रतिक्रिया दिनुहोस्