४ चैत- काठमाडौँ,  सोमबार बिहान नायक राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका छन्।

 

प्रचण्ड सचिवालयका अनुसार पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले ध्यानाकर्षण गराएका थिए। सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए।

भेटका क्रममा राजनीतिक विषयवस्तुमा पनि कुरा भएको थियो। हमालले आफू राजनीतिमा आउन सक्ने संकेत पनि प्रचण्डसँग गरेका थिए। प्रचण्डले हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताएका थिए।

 

छोरी गंगा तथा संगीतकार चेतन सापकोटासँगै समूहमा भेटेका हमालसँग पछि प्रचण्डको एक्लाएक्लै पनि कुराकानी भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्