३ चैत- म्यासेडोनिया, आइतबार बिहान उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु भएको छ।
म्यासेडोनियाका पूर्वी शहर कोकानीस्थित ‘क्लब पल्स’मा भएको आगलागीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन।
डीएनके नामक एक लोकप्रिय हिप–हप जोडी हेर्नको लागि करिब एक हजार भन्दा बढी युवा युवतीहरु भेला भएको र उक्त स्थानमा एक्कासी आगलागी भएपछि उनीहरूको हताहत भएका हुन।
तीमध्ये २७ जनालाई नाउम ओह्रिड्स्की क्लिनिकमा भर्ना गरिएको छ। स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी सुरु भएको थियो।
सामाजिक सञ्जालमा पोस्ट गरिएका र आगो लाग्नुअघि खिचिएका भिडियोहरूमा ‘स्टेज फाउन्टेन’ वा ‘स्टेज जेट’ को प्रयोग देखाइएको थियो। यो कार्यक्रमको क्रममा प्रयोग हुने एक प्रकारको हलमा प्रयोग गरिने आतिशबाजी हो।
म्यासेडोनियाका सञ्चारमाध्यमले सार्वजनिक गरेका अन्य भिडियोमा भवनको प्रवेशद्वारमा आगोको लप्काले कालो पारेको देखिएको छ।
हेलिकप्टरले केही घाइतेलाई राजधानी स्कोप्जेका अस्पतालमा पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस्