३ चैत-काठमाडौं, आइतबार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २१.६४ अंकले घटेर २७१४.८५ विन्दुमा रोकाएको हो। सेन्सेटिभ इण्डेक्स ४.११ अंकले घटेर ४५४.९१ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। यसदिन ३१६ स्क्रिप्सको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँमा खरिदबिक्री भए।
प्रतिक्रिया दिनुहोस्