१ चैत- दाङ, घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगरको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको छ ।
घर्ती अर्का एक जना स्थानीयसहित घोराही–६ बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए । त्यही क्रममा उनलाई करेन्ट लागेको थियो ।
घर्तीसँगै माछा मार्न गएका डुमरगाउँका ५० वर्षीय बीरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्