१ चैत -काठमाडौं, सर्लाहीको मलङ्गवामा एम्बुलेन्सले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छभने दुई जना घाइते भएका छन्।
बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको हो।
घाइते ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए।
एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नम्बर खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्