जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

१ चैत- बाँके, कोहलपुरमा पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

 

कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको जिपको ठक्करबाट  मृत्यु भएको हो।

प्र २०३ ००१ च ३९९२ नम्बरको जिपले  सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्