अम्वेड्कर अध्ययन समुहबाट नेपालमा पहिलोपटक होलिकाको सम्मान 

१ चैत-काठमाडौं, अम्वेड्कर अध्ययन समुह,काठमाडौंको आयोजनामा मुलवासीको महान नारी होलिकाको दहन होइन,सम्मान गरऔं भन्दैं होलिका सम्मान दिवश विहिवार मनाईएको छ ।

 

अनार्य मुलवासी शिल्पी समुदायको महिला होलिकाले आफ्नो दाजु राजा हरिण्यकश्पको सत्तामा व्रम्हाणवादी समुदायबाट प्रल्हादलाई प्रयोग गरी चुनौति आएपछि होलिकाले वलिदानी दिएको कार्यक्रममा वक्ताहरुले बताएका छन् । अम्वेड्करवादी सामाजिक अभियन्ता कमला हेमचुरीले होलिका मूलवासी शिल्पी समुदायकै महिला भएकाले व्रम्हाणवादी समुदायसँग सत्ता संघर्षको क्रममा आगोमा जलाइएर मारिएको अभियन्ता कमला हेमचुरीले बताउनुभयो । व्रम्हाणवादी शिक्षा पाएका प्रल्हादका कारण सत्तामा चुनौति आएपछि त्यसका विरुद्ध संघर्ष गर्दा होलिका मारिएको धर्मशास्त्रको अध्ययनबाट विश्लेषण गर्न सकिने हेमचुरीको दावी छ । उहाँले अहिले पनि राज्यले धार्मिक सत्तालाई बलियो बनाउन होलिका नारीलाई प्रतिकात्मक रुपमा जलाउने कार्य गर्न छुट दिनु निन्दनीय कार्य भएको बताउनुभयो । वर्तमान अवस्थामा हिन्दु धर्मका कथा कहानीलाई राजनीतिसँग जोडेर शासकहरुले आफ्नो शासन वलियो बनाएका अभियन्ता हेमचुरीको भनाई छ ।

 

अधिवक्ता तथा गुरु पंडीत तुलसीराम पोख्रेलले होलिका दहन आर्य र अनार्य वीचको लडाई नभएको भन्दै खण्डन गर्नुभयो । विगतमा आर्य र अनार्य वीच लडाई भएको सत्य भएता पनि होलिमा भने मानवीय नकरात्मक धारणालाई राक्षसी प्रवृति भनिएको बताउनुभयो । अहिले पनि संसारमा आर्य र अनार्य वीच लडाई जारी रहेको पोख्रेलको भनाई छ । आफु हिन्दु धर्मको अध्येता भएकाले स्मृति,पुराण र धर्मशास्त्रकै आधारमा वोल्नुपर्ने भएकाले होलिका दहनलाई राक्षसी प्रवृतिको दहन गरिएको मात्र बताउनुभयो । उहाँले होलिका पनि व्रम्हाबाट ज्ञान र वर पाएकी देवी भएकाले नारी समुदायको होलिकालाई देवीकै दर्जामा सम्मान गरिएको बताउनुभयो । होलि सरद ऋतुको आगमन र फसल , फल लाग्ने सिजनको रुपमा समेत महत्व रहेको पोख्रेलको भनाई छ ।

कार्यक्रममा अम्वेड्करवादी अध्ययन समुहका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई पत्रकार सुसन रामदाम र मोहन वराईलीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा अनार्य मुलवासी पुत्री होलिकाको सम्मानमा एक मिनेट मौनधारण गर्दै फुल चढाएर सम्मान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्