२६ फागुन- भारत, राजस्थानको सिकर जिल्लामा एक अन्तिम संस्कारका क्रममा मौरीले आक्रमण गर्दा मलामीको भागाभाग भएको छ । चितामै शव छाडेर भागेका मलामीले डेढ घण्टापछि हेलमेट लाएर शव जलाएका छन् ।
स्थानीय मसानघाटमा अन्तिम संस्कार गर्ने क्रममा मौरीले मलामीमाथि आक्रमण गरेको थियो । उक्त घटनामा २५ भन्दा बढी घाइते भएका छन् । १५ जना गम्भिर अवस्थामा रहेकालाई जिल्लाको खन्डेलारोडस्थित एक निजी अस्पतालमा भर्ना गरिएको हो।
स्थानीय ८० वर्षीय माधोसिंह शेखावतको निधनपछि अन्तिम संस्कारका लागि उनको शव लिएर मलामी गाउँकै मसानघाट पुगेका थिए । जलाउनका लागि चितामा शव राखे । त्यसपछि केही मलामी मसानघाटमा राखिएका दाउरा लिएन गए ।
प्रतिक्रिया दिनुहोस्