२६ फागुन-काठमाडौँ, मिति २०८१ फागुन २५ गते काठमाडौ महानगरपालिकाले एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक क्षेत्रमा सडकपेटी तथा आईल्याण्ड र सो मा रहेका बिरूवाहरू साथै रेलिङमा समेत भौतिक क्षति र जथाभावि फोहरमैलासमेत गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रू. १०००००/- ( एक लाख) जरिवाना गर्ने निर्णय गरेको मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरूले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्