सेयर बजारमा आज भारी गिरावट

२५ फागुन-काठमाडौं, आइतबार साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६.३३ अङ्कले घटेर २७७२.१० को विन्दुमा पुगेको छ ।

आइतबार ३१५ कम्पनीका १ लाख १२ हजार ३४७ पटकको कारोबारमा २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ रहेको छ ।

२४ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनी घटेका छन् भने २ कम्पनीका मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्