२२ फागुन- रुपन्देहीको तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बसेर मणिग्रामस्थित शान्ति नमूना माविमा पढ्ने १९ वर्षीय रोशन परियाको ज्यान गएको छ ।
घरबाट स्कूल जाँदै गर्दा लु ५६ प १९६१ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान बा २० च १७५४ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते परियारको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना पछी कार र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्