१६ फागुन- मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ अदुवाबारीस्थित एक घरमा चोरी गर्न आएको आशंकामा कुटिएका एक पुरूषको शुक्रबार दिउँसो करिब ३ बजे उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुने व्यक्ति कुटपिट गर्ने का जेठा छोरा रहेका छन ।
राति मास्क लगाएर पुगेका भरथकुमारले खुर्सानीको धुलो छर्केका थिए। चोरी गर्न आएको ठानेर दम्पतीले उनीमाथि कुटपिट गरेका थिए। जसबाट उनको टाउको फुटेको थियो।
चितवनको अस्पतालमा ३९ वर्षीय भरथकुमार भ्लोनको मृत्यु भएको हो। गएराति अन्दाजी ८ बजे भरथकुमार अदुवा आफ्ना ६४ वर्षीय बुबा मिनबहादुर र ६३ वर्षीय देवीमायाको घरमा पुगेका थिए। भरथकुमार दुई वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए।
यता मिनहादुरको पनि करङ भाँचिएको छ, देवीमाया पनि सामान्य घाइते छिन्। उनीहरूले चोर ठानेर कुटपिट गरेको प्रारम्भिक बयानमा खुलेको थियो।
तर शुक्रबार बिहान प्रहरी पुग्दा घटनास्थल नजिकै झोला फेला परेको थियो। जसबाट भरथको पासपोर्ट र मोबाइल फेला परेको थियो। त्यसपछि मात्रै राति घर आउने व्यक्ति जेठो छोरा रहेको खुलेको हो।
प्रहरीले भरथ राति घरमा किन पुगेका थिए भन्नेबारे पनि अनुसन्धान गर्ने छ ।
यस्तै घाइते रहेका दम्पतीलाई पनि उपचारका लागि काठमाडौं पठाएको र उपचारपछि कानुनी प्रक्रिया अघि बढाएर अनुसन्धान हुने छ।
प्रतिक्रिया दिनुहोस्