केएमसी अस्पतालमा टिप्पर ठक्करबाट घाइतेको मृत्यु

१५ फागनु-  काठमाडौं, तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार युवती ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवारको मृत्यु भएको छ  । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको हो।

तीनकुनेको सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा नेवार सवार थिइन् । उक्त मोटरसाइकललाई बा–०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि उक्त मोटरसाइकल बा५ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो ।

प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्