१३ मंगलबार- नवलपरासी, नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्रमा दुई समूहबीच झडप हुँदा तनावग्रस्त बनेको छ ।
सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो । सोही विषयलाई लिएर मङ्गलबार दुई समूहबीच झडप भएको हो ।स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको छ ।
घटनामा प्रहरी र स्थानीयसहित १५ जना घाइते भएका छन् । अहिले स्थिति सामान्य बन्दै गइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्