१३ फागुन- कैलालीमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भ्यानले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका–५ का पाँच वर्षीय जेनिश बिष्टको ज्यान गएको हो ।
सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७४७ नम्बरको यात्रुवाहक भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लालरत्न अस्पतालमा पु¥याइएको थियो । उपचारका क्रममा बालकको सोमबार राति मृत्यु भएको हो ।
प्रहरीले भ्यानसहित अछामका चालक भोजराज केसीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्