आर्थिक अभावले अलपत्र एक शिशु गुल्मी अस्पतालमा

१२ फागुन- गुल्मी, गुल्मी अस्पतालभित्र बेड नं ४ मा आर्थिक अभावले अलपत्र एक शिशु जो गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ छाप निवासी सुमित्रा परियारकी छोरा हुन । छोरा साहारा परियारलाई निमोनिया भएपछि छिमेकीले फागुन ९ गते गुल्मी अस्पताल ल्याए र १० गतेबाट अस्पतालमा भर्ना गरिएको थियो ।

भर्नापश्चात अस्पतालले चेकजाँजपछि बच्चालाई बुटबल रेफर ग¥यो । तर आर्थिक अभावले सुमित्राले छोरालाई बुटबल लैजान सकेकि छैनिन । जसले गर्दा आर्थिक अभावले गुल्मी अस्पतालमै आठ महिने शिशु अलपत्र परेका छन् ।

अस्पतालकी डाक्टरलू बच्चालाई बढी मात्रामा नियोनिया भएकोले तुरुन्तै रेफर गर्नुपर्ने बताएका छन । अहिले अस्पतालले सामाजिक सुरक्षा कोषबाट खाना र औषधीको व्यवस्था गरेको छ । तर रेफर हुने खर्च नहुँदा लैजान नसकिएको सावित्राका बुवा भेषबहादुरले बताए

 

बुवा भेषबहादुरले नातीको जिवन बचाइदिन सबैसँग आग्रह गरे । बुटबलसम्म लैजाने र सामान्य औषधी गर्ने खर्च भए छोरी र नातीलाई जतिसक्दो बुटबल अस्पताल लैजाने चाहाना भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्