जङ्गली भाले हात्ती मृत अवस्थामा फेला

७ माघ- बर्दिया, बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मिर्चैया गाउँमा पर्ने झरसलुवा सामुदायिक वनमा जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।

 

मृत अवस्थामा फेला परेको जङ्गली हात्ती केही दिनअघि मरेको हुनसक्ने आशंका गरिएको छ। झण्डै ३५ वर्षको जङ्गली भाले हात्तीको एउटा दाह्रा पहिले नै काटिएको छ । यो हात्ती धेरै वर्ष अघिदेखि एक्लै हिँड्ने र निकुञ्ज नजिकका गाउँमा एक्लै गएर घरगोठ भत्काउने र अन्नबालीमा क्षति गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्