अस्ट्रेलियाको एक टापुको तटमा १५० भन्दा धेरै ह्वेल माछा फसेका छन ।

 ७ माघ- अस्ट्रेलिया, तस्मानिया टापुको तटमा १५० भन्दा धेरै ह्वेल माछा फसेका छन् ।

टापुमा १५७ ह्वेल माछा पश्चिमी तटमा रहेको आर्थर नदीको सहर नजिकै फसेका छन् । तीमध्ये कम्तीमा ९० वटा अझै जीवित रहेका हुनसक्ने समुद्री संरक्षण कार्यक्रमले जनाएको छ ।

 

तस्मानियाको प्राकृतिक संशाधन र वातावरण विभागका अनुसार समुद्री संरक्षण कार्यक्रमअन्तर्गत तस्मानिया पार्क र वन्यजन्तु सेवासँग सम्बन्धित घटनाबारे अनुसन्धान भइरहेकाले नागरिकलाई सम्बन्धित जनावरहरू नजिक नजान आग्रह गरिएको सीएनएनले जनाएको छ ।

 

बुधबार बिहानसम्ममा केवल ९० वटा मात्र जीवित थिए, र उद्धारकर्ताहरूले दुईजनालाई समुद्रमा फिर्ता पठाउने प्रयास गर्दा, हावा र उग्र समुन्द्रले गर्दा तिनीहरू तुरुन्तै किनारमा फर्किएका थिए ।

 

माथी आकाशबाट लिइएको तस्बिरहरूले ह्वेलहरू समुद्र तटमा फैलिएको देखाएको छ, केही बालुवामा आधा गाडिएका छन्, जबकि अरू चट्टानी बाहिरी भागहरू नजिकै पानीमा फसेका छन्।

प्रतिक्रिया दिनुहोस्