काठमाडौंकै तरकारी बजार कालीमाटी नजिकै एक जना मृत फेला

७ माघ- काठमाडौँको कालीमाटी तरकारी बजार नजिकै एक व्यक्ति मृत भेटिएका छन्।मृत फेला पर्नेमा मकवानपुरका रामकृष्ण दाहाल रहेका छन् ।

 

दाहाल बुधबार बिहान ७ बजे तरकारी बजारको दक्षिणतिरको एक टहराको माथिल्लो तलामा मृत भेटिएका थिए।

उनको शरीरका केही भागमा गहिरो चोटसमेत देखिएको छ र हत्या भएकोसमेत हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे  प्रहरीले थप अनुसन्धान गिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्