नेपाल-भारत सीमा नाकामा विद्यार्थीद्वारा प्रदर्शन

६ माघ- काठमाडौँ,  नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा विधार्थीहरूले नेपाल-भारत सीमा नाकामा प्रदर्श गरेका छन् ।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले मंगलबार विराटनगरको नेपाल-भारत सीमास्थित जोगबनी नाकामा प्रदर्शन भएको गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई आउजाउमा अवरोध समेत गरेका छन् । महेन्द्र मोरङ क्याम्पसका चार विद्यार्थी संगठनले आन्दोलनको घोषणा पनि गरेका छन् ।

लम्साललाई न्यायको माग गर्दै विराटनगरका अन्य स्थानमा समेत प्रदर्शन भएको छ । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट शुरू भएको प्रदर्शन रोडशेष चोकसम्म पुगेको ।

घटनाको चौतर्फी विरोध भएपछि कलेजले नेपाली विद्यार्थीसँग माफी माग्दै कलेज फर्किन अपिल गरेको छ । उता विश्वविद्यालयले दुई जना कर्मचारीलाई सेवाबाट हटाएको छ भने तीन जनालाई निलम्बन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्