क्यानडा विमान दुर्घटनामा सबै यात्रु र चालक सुरक्षित

६ माघ- क्यानडा,  टोरन्टो पियर्सन विमानस्थलमा भएको विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल बाँच्न सफल भएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २:४५ बजे अवतरणको क्रममा पल्टिएको थियो।

आपतकालीन सेवाका अनुसार दुर्घटनामा एक बालक र दुई वयस्क गम्भीर घाइते भएका छन्।

विमानमा ८० जना सवार थिए। तीमध्ये ७६ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। जम्मा १८ जना यात्रुलाई अस्पताल  पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्