३०माघ- पाँचथर, कुम्मायक गाउँपालिका-५ निगाले बस्ने ३६ वर्षीय कमल चेम्जोङलाई भरूवा बन्दुक १ थान र खुकुरी १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्