अमेरिकाबाट २० नेपालीलाई डिपोर्ट

                          संकेतिक तस्विर 

३० माघ- काठमाडौँ, अमेरिकाले गैह्रकानुनीरूपमा अमेरिकामा बस्दै आएका अवैध आप्रवासीहरूलाई धमाधम देश निकाला गरिरहेको छ ।

ट्रम्पले दोस्रो पटक सत्ता सम्हाले पछि २० जना नेपालीहरू डिपोर्ट गरिएको छ । अध्यागमन कार्यालयका अनुसार हालसम्म २० जना नेपालीलाई फर्काइएको छ । फर्काइएका मध्ये १ महिला र १९ पुरुष छन् ।

केही दिन अघि अमेरिकाको अध्यागमन कार्यालयले १ हजार तीन सयभन्दा बढी नेपाली अमेरिकामा अवैध रूपमा बस्दै आएको विवरण सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्