२० माघ- विराटनगर, पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा झापाको दमक र सुनसरीको धरानबाट यातायात बन्द गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमकमा ३ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्द गराउने क्रममा दमक चोकमा आज बिहान प्रहरी र प्रदर्शनकारीबिच कहिबेर घम्साघम्सी समेत चलेको थियो ।
सोही क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा दमक १ का पदम बेघा, दमक २ का धनकुमार योङहाङ र दमक १ का सुक बहादुर लिम्बु रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनीहरूलाई पक्राउ गरेपछि बन्दकर्ताहरू अहिले तितरबितर भएका छन् ।
यस्तै धरानबाट पनि प्रहरीले ३ जनालाई पक्राउ गरेको हो बन्द गराउँदै हिँडेका उनीहरूलाई सेउती पुलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्