आशिका तामाङ धरौटीमा रिहा

१८ माघ – काठमाडौं, अभियन्ता आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत, भक्तपुरले धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । तामाङविरुद्धको मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो ।

उनी आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरीको हिरासतमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्