१८ माघ खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले शरीर खाइसकेको र एउटा हात मात्र बाँकी रहेको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जालपास्थित खरबारीका जसबहादुर राईको घर नजिकैको बाँसघारीमा नवजात शिशुको शव गाडिएको भन्ने स्थानीयको जानकारीपछि बिहीबार खटिएको प्रहरी टोलीले घटनास्थल पुग्दा कुकुरले शरीर खाइसकेको र एउटा हात मात्र बाँकी रहेको अवस्थामा फेला पारेको हो ।
घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी कुकुरले खाएर बाँकी रहेको नवजात शिशुको हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ ।
घटनाको प्रकृति हेर्दा नवजात शिशुको हत्यापछि घटना लुकाउन गाडिएको हुनसक्ने आशंका गरिएको छ ।
खरबारीस्थित जसबहादुरको घरभन्दा करिब ८०० मिटर टाढा पर्ने बाँसघारीमा गाडिएको ठाउँबाटे नवजात शिशुको हात पनि सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाको जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान अगाडी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्