ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय

१७ माघ-काठमाडौँ, आज विपक्षी दलहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

संसदको हिउँदे अधिवेशन शुरू हुनु एक दिनअघि सिंहदरबारमा बसेका प्रमुख प्रतिपक्ष दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले अस्वीकार गर्ने भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाइ जानकारी दिए ।

सिंहदरबारमा भएको बैठकमा प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्