११ माघ – बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ ।
आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारीले जानकारी दिए । उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ ।
पाटेबाघको मृत्यु प्राकृतिक रुपमा भएको जानकारी मा आएको छ। मृत फेला परेको पाटेबाघको फरेन्सिक जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट चिकित्सक टोली बाँके राष्ट्रिय निकुञ्जमा आउँदै छन। निकुञ्ज प्रमुख कँडेलले बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले प्रत्येक दिन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा बिहान, दिउँसो र साँझ गस्ती गर्ने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्