११ माघ- काठमाडौं, आज प्रधामन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका छन।
१.८९ किलोमिटर लम्बाइको सुरुङमार्गको छिचोलिने काम आज सकिएको हो। ३ वटा बाइपास यसअघि नै छिचोलिसकिएको थियो। सुरुङमार्ग दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको छ। ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको आयोजनाले जनाएको छ।
सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोडमा ठेक्का लिएको थियो। आयोजनाका अनुसार सुरुङमार्ग ब्रेक थ्रु भए पनि गाडी कुद्न अझै एक वर्ष बढी लाग्नेछ।
सुरुङमार्गको कुल भौतिक प्रगति ४०.१८ प्रतिशत हुँदा वित्तीय प्रगति ३९.९० प्रतिशत छ। सुरुङमार्गको काम २०८३ सालमा सक्ने योजना छ।
प्रतिक्रिया दिनुहोस्