जलाउन लग्ने तयारीका व्यक्तिलाई गोली हानेर हत्या गरिएको प्रहरीको खुलासा

६ माघ- काठमाडौं, दाङको दंगिशरण गाउँपालिका–२ कौवाधारीका २५ वर्षीय प्रेमबहादुर कुसारी माघको ३ गते गम्भीर घाइते भए ।

घाइते कुसारीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । उपचारमा लैजाँदा कुसारी जंगलमा रुखबाट लडेर गम्भीर घाइते भएको बताइएको थियो । तुल्सीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भन्दै नेपालगञ्ज नर्सिङ होममा रेफर गरियो ।

गम्भीर घाइते कुसारीलाई ३ माघकै राति साढे ८ बजेतिर चिकित्सकले मृत घोषित गरे । नर्सिङ होममा मृत घोषित भएका कुसारीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल बाँके लगियो । भेरी अस्पतालले पोस्टमार्टम गरिसकेपछि कुसारीको शव उनका बाबु अबिरले ४ गते बुझे । शव घरमा ल्याएर सद्‌गत् गराउने तयारी गरिरहेका बेला कुसारीको घरमै प्रहरी पुगेको थियो ।

 

कुसारीको मृत्यु सामान्य नरहेको सूचना पाएको प्रहरीले उक्त शव पुनः पोस्टमार्टमका लागि भन्दै भेरी अस्पताल नै पठायो । दोस्रो पोस्टमार्टममा भने कुसारीको तिघ्रामा गोली ९छर्रा० भेटिएको दाङका एसपी तिमल्सिनाले बताए ।

प्रहरीले पाएको पूर्वसूचना सही भएपछि थप अनुसन्धान अघि बढाएको थियो । कुसारीमाथि गोली प्रहार भएको आरोपमा प्रहरीले अहिले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दंगिशरण–२ कै २२ वर्षीय छविलाल डाँगी र सोही ठाउँका २७ वर्षीय पुष्पलाल बस्नेत छन् ।

डाँगीलाई माघको ५ गते नेपालगञ्जबाट र सोही दिन बस्नेतलाई तुलसीपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुविरुद्ध दाङ जिल्ला अदालतबाट ज्यानसम्न्धी कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रोकायले बताए ।

अनुसन्धानको क्रममा उनीहरू तीनै जना सिकार खेल्न गएको खुलेको छ । सो क्रममा जंगली जनावरलाई हानेको गोली कुसारीलाई लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर पक्राउ परेकाहरूले भने कुसारी लड्दा आफैंले बोकेको भरुवा बन्दुकको गोली लागेको दाबी गर्दै प्रहरी समक्ष बयान दिएका छन् ।

सिकार खेल्न प्रयोग गरिएको एक थान भरुवा बन्दुक समेत प्रहरीले दंगिशरण–२ कै राजाकोट सामुदाष्कि वनबाट फेला पारेको छ । यता पहिलो पोस्टमार्टमका बारेमा भने रुखबाट लडेको भनेर सामान्य पोस्टमार्टम मात्रै गरेर शद्‌गतको प्रक्रिया गर्न खोजिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम गर्ने चिकित्सकको समेमत शंकास्पद भूमिका रहेको प्रहरीको भनाइ छ

प्रतिक्रिया दिनुहोस्