६ माघ- काठमाडौँ, आज आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर बन्द भयो। आज शेयर बजार बढ्दा नेप्से परिसूचक २६०१.२१ अंक पुगेरको थियो।
आइतबारको बजारमा हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक लगायतका क्षेत्रको मूल्य बढ्दा होटेल तथा पर्यटन र म्युचुअल फन्डको मूल्य घट्यो।
आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढ्यो, छ भने ६८ कम्पनीको घट्यो। चार कम्पनीको मूल्य स्थिर रह्यो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर बजारमा कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री भएको थियो। यसमा ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ कारोबार भयो।
प्रतिक्रिया दिनुहोस्