६ माघ- काठमार्डौ, एमाले जिल्ला कमिटी कैलालीको शनिबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य तथा गोदावरी नगरपालिकाका इन्चार्ज भीष्म सुवेदीलाई कारबाही गरेको हो।
कृष्णराज पूर्वप्रदेश कमिटी सदस्य हुनाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माथिल्लो कमिटीमा सिफारिस गरिएको छ।
भीष्म भने जिल्ला कमिटी सदस्य भएकाले उनलाई जिम्मेवारी मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।
कारबाही गरिएका कृष्ण र भीष्म बाबुछोरा हुन्।
एमालेले कारबाही गरेका भीष्म सुवेदीले भने पार्टी स्वेच्छाचारी बन्दै गएको टिप्पणी गरे। कारबाहीबारे अहिलेसम्म जानकारी नआएको बताउँदै पत्र प्राप्त भएपछि आधिकारिक धारणा व्यक्त गर्ने उनको भनाइ छ।
‘जिल्ला कमिटीको बैठकमा एजेन्डासमेत नभएको विषयमा प्रदेश इन्चार्ज लेखराज भट्टको सनकका भरमा हामीलाई कारबाही गर्ने निर्णय भएको उनीहरुको भनाई छ।
उनले भीम रावलको मातृभूमिका लागि जागरण अभियानमा सक्रिय हुने वा नहुनेबारे केही बताएनन्।
पार्टीले आधिकारिक निर्णय पठाएपछि यसबारे धारणा सार्वजनिक गर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्