पेप्सीकोलाबाट रक्तचन्दनसहित दुईजनालाई पक्राउ

काठमाडौँ, रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा पेप्सीकोलाबाट रक्तचन्दनसहित दुईजनालाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिना रहेका छन उनीहरुलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।

विशेष सुराकीको आधारमा छापा हान्दा चारसय ३२ किलो रक्तचन्दन भेटियोको थियो

यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्