रवि लामिछाने फेरी २ दिन हिरासतमा

२९ पौष- काठमाडौं, रवि लामिछाने फेरी २ दिन हिरासतमा रहने भएका छन् । लामिछानेको तर्फवाट थुनछेक बहस सकिएपछि अब जाहेरीवालाकोतर्फवाट सुरू भएको तर नसकिएपछि लामिछाने २ दिन हिरासतमा बस्ने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा सो बहस भइरहेको थियो । हिजो सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि लामिछाने हिजो पनि प्रहरी हिरासतमा थिए । तर, आज उनी कार्यालय खुल्ने बितिक्कै अदालतल पुगेका थिए, जसअनुसार उनको थुनछेक बहस भएको थियो । तर, थुनछेक बहस नसकिएको भन्दै उनलाई आज पनि हिरासतमा बस्ने आदेश दिइएको हो ।

हिजो अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिएका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो तर थुनछेक बहस नसकिएकाले उनी थप एकदिन हिरासतमा बस्न बाध्य भएका हुन ।

उनलाइ अदालत परिसरवाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर नाराबाजी गरिरहेका थिए । उनले प्रहरी हिरासतमा जानु अघि सबैलाइ ‘स्यालुट’ गरेका थिए ।

हाल कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्