कार र स्कारपियो एक आपसमा ठोक्किँदा चालकसहित आठ जना गम्भीर घाइते

२७ पौष – मकवानपुर, मकवानपुरको मनहरीमा कार र स्कारपियो एक आपसमा ठोक्किँदा चालकसहित आठ जना गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो मनहरी गाउँपालिका–४ स्थित सडकखण्डमा तीव्र गतिका कारण स्कारपियो र विपरीत दिशाबाट आएको कार ठोक्किँदा दुवै सवारी साधनमा सवार व्यक्तिहरू घाइते भएका हुन् ।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडास्थित अस्पतालमा पठाइएको छ।

केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्