कोइला खानीमा ग्यास विष्फोट हुँदा चार कामदारको मृत्यु

२७ पौष- पाकिस्तान, पाकिस्तानको क्वेटा सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ ।

उत्तः कोइला खानीमा ग्यास विष्फोट भई खानीमा फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको स्थानीय समाचार माध्यमबाट जानकारी आएको छ । घटना स्थलमा २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरू खानीमा फसेका सामु पुग्न अथक प्रयास गरिरहेका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण ९पीडीएमए० ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ ।

घटना बिहीबार स्थानीय समय अनुसार ४ः०० बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्