नेपाली समुदायले तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग गरे

२६ पौष- काठमाडौं, पछिल्लो पटक चिनमा गएको भुकम्पमा क्षती व्यहोरेका चिनका तिब्बत बासीलाई गत मंगलबार भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।

 

ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका थिए । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्