जिल्ला अदालत कास्की एकतर्फी बहस सकियो

२४ पौष- पोखरा, पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीकातर्फको एकसरो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । आज नै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि मात्र हुनेछ ।

 

बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्