फोहर फल्ने डम्पिङ्ग साइटमा मृत शिशु भेटियो

२३ पौष- बुटवल, बुटवल उपमहानगरपालिका(११ मा नवजात शिशु फेला मृत अवस्थामा परेकी छन् । बुटवलको मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा मृत बच्चा फेला परेको हो ।

नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको हो । फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्