२२ पौष- काठमाडौं, नेपाल स्कट एक्सचेञ्ज परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता सेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आजको कारोबारपछि दुई २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै, चार वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया दिनुहोस्