१७ पौष- सर्लाही, सर्लाहीमा बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्टका इन्चार्ज विजयकुमार तुलाधर रहेका छन्।
ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरमाथि मंगलबार राति बस बजारिएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले जनाएको छ।बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई थिचेको थियो।
बसले थिचेर गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्