घरायसी विवादका कारण भारतमा एकै परिवारका पाँच जनाको हत्या

१७ पुस- नयाँ दिल्ली, बुधबार भारतको लखनउमा एक होटलमा चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् ।

प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ ।

परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो ।

-रासस

प्रतिक्रिया दिनुहोस्